मङ्लबार, कार्तिक २, २०७८ | Tuesday 19th October 2021
  • होमपेज
  • राष्ट्रिय धान दिवसको अवसरमा विर्ताबेँसीमा खुल्ला हिले दौडः सोनी र विकासलाई उपाधि
समाचार

राष्ट्रिय धान दिवसको अवसरमा विर्ताबेँसीमा खुल्ला हिले दौडः सोनी र विकासलाई उपाधि

राष्ट्रिय धान दिवसको अवसरमा विर्ताबेँसीमा खुल्ला हिलेदौड प्रतियोगिता आज सम्पन्न भएको छ । राष्ट्रिय खेलको संरक्षण गरी हिलो र माटोसँग किसानको सम्बन्ध स्थापित गर्न आयोजित प्रतियोगितामा हिलोतर्फ नलाङका सोनी गुरुङ प्रथम, धुनीबेँसीका रसिला तामाङ द्वितीय र ललितपुरका निरजला ताम्राकार तृतीय हुनुभएको छ ।

यसैगरी पुरुषतर्फ सङ्खुवासभाका विकास राई प्रथम, कैलालीका किरण मल्ल द्वितीय र नेपालगञ्गका खिमबहादुर खत्री तृतीय हुनुभयो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमश रु ५० हजार, रु ३० हजार र रु २० हजारसहित सिल्ड र कप प्रदान गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपालले तीन सय मिटर हिलो खेतमा दौड प्रतियोगितामा भाग लिनेलाई पुरस्कार वितरण गर्नुभयो ।

प्रतियोगितामा हिलोतर्फ २३ जना महिला र ८२ जना पुरुषले सहभागिता जनाएका थिए । जसमा एक जना विदेशी नागरिकसमेत रहेका थिए । राष्ट्रिय लोक खेल संरक्षण तथा अनुसन्धान सङ्घका अध्यक्ष किरण श्रेष्ठको अध्यक्षतामा सम्पन्न समारोहमा पञ्जबाजासहित दही चिउरा खुवाएर कार्यक्रम सम्पन्न गरिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै