बुधबार, कार्तिक ३, २०७८ | Wednesday 20th October 2021
  • होमपेज
  • कलङ्की–नागढुङ्गा सडक सरसफाइ अभियान शुभारम्भ
समाचार

कलङ्की–नागढुङ्गा सडक सरसफाइ अभियान शुभारम्भ

चन्द्रागिरि नगरपालिकास्थित कलङ्की–नागढुङ्गा सडक सरसफाइ अभियान शुभारम्भ गरिएको छ । चन्द्रागिरि नगरपालिकाको समन्वय तथा चन्द्रागिरि नगरपालिका फोहरमैला व्यवस्थापन समितिको आयोजनामा २० दिने पूर्ण सरसफाइ अभियान आजदेखि शुरु भएको हो ।काठमाडौँ महानगरपालिका–१४ बाट शुरु भएको अभियानको चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले उद्घाटन गर्नुभयो ।

कार्यक्रममा नगरप्रमुख गिरीले चन्द्रागिरि नगरपालिकालाई स्वच्छ हराभरा र धुलोमुक्त नगर बनाउने अभियान शुरु गरिएको बताउनुभयो । “लामो समयदेखि कष्टकर यात्रा गर्नुपर्ने बाध्यता, धुवाँ धुलोले निरन्तर चार वर्षदेखि समस्या भोगिरहेका काठमाडौँ भित्रिने जनतालाई सरसफाइ अभियानले थोरै भए पनि राहत पुग्दछ”, उहाँले भन्नुभयो ।

नगरप्रमुख गिरीले हरियाली चन्द्रागिरि, स्वच्छ सफा चन्द्रागिरि बनाउन नगरपालिका लाग्ने उल्लेख गर्नुभयो । चन्द्रागिरि नगरपालिका फोहरमैला व्यवस्थापन समितिका सल्लाहकार राजेन्द्र महर्जनले नगरपालिकाले शुरु गरेको अभियानलाई गाउँगाउँसम्म लैजान आफूहरु लागिपरेको बताउनुभयो ।

महानगरीय प्रहरी प्रभाग बलम्बुका प्रमुख, प्रहरी निरीक्षक शङ्कर खड्काले समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत नेपाल प्रहरीले सरसफाइ कार्यक्रममा सहभागिता जनाएको जानकारी दिनुभयो । सरसफाइ अभियानमा चन्द्रागिरि रेडक्रस सर्कल, विभिन्न सङ्घसंस्थाका प्रतिनिधिलगायतको सहभागिता थियो ।

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै