आइतबार, चैत्र २९, २०७७ | Sunday 11th April 2021
  • होमपेज
  • प्रधानमन्त्री ओलीद्वारा इटालीका नवनियुक्त प्रधानमन्त्रीलाई बधाई
राजनीति

प्रधानमन्त्री ओलीद्वारा इटालीका नवनियुक्त प्रधानमन्त्रीलाई बधाई

काठमाडौँ, ४ फागुन: प्रधानमन्त्री केपी शर्मा ओलीले इटालीको प्रधानमन्त्रीमा नियुक्त हुनुभएका मारियो ड्राघीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको छ । प्रधानमन्त्री ओलीले आज इटालीका आफ्ना समकक्षीलाई एक शुभकामना सन्देश पठाउनु हुँदै त्यहाँका जनताको शान्ति र समृद्धिको कामना गर्नुभएको छ ।

प्रधानमन्त्रीले दुई देशका बीचमा लामो समयदेखि रहेको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा थप विस्तार हुने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले इटालीका प्रधानमन्त्रीसँग नजिक रहेर आगामी दिनमा उत्पादनमूलक क्षेत्रहरु जस्तै व्यापार र लगानीका क्षेत्रमा काम गर्ने र जनस्तरको सम्बन्धलाई थप सुदृढ गर्ने बताउनुभएको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । (रासस)

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार