शनिबार, माघ ८, २०७८ | Saturday 22nd January 2022
  • होमपेज
  • पृथ्वीराजमार्गमा तीन सवारी एकापसमा ठोक्किएर दुईको मृत्यु
समाचार

पृथ्वीराजमार्गमा तीन सवारी एकापसमा ठोक्किएर दुईको मृत्यु

पृथ्वीराजमार्गअन्तर्गत धादिङको बेनिघाटरोराङ गाउँपालिका–७ चरौँदी कृष्णभिरमा आज तीन वटा सवारी एकापसमा ठोक्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको बेनिघाटरोराङ गाउँपालिका–२ का २७ वर्षीय श्यामकुमार श्रेष्ठ र वतन नखुलेकी एक २० वर्षीया महिला रहेकी छिन् । महिलाको घटनास्थलमै मृत्यु भएको हो भने श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो ।

काठमाडौँबाट चितवनतर्फ आउँदै गरेको लु१ख ९०७९ नंको बस र चितवनबाट काठमाडौँ जाँदै गरेको बा३ख १००४ नंको माइक्रो र बा२ख ४५६७ नंको माइक्रो एकापसमा ठक्कर खाँदा भएको दुर्घटनामा ३२ जना घाइते भएका छन् । घाइतेमध्ये १८ जनालाई सामान्य उपचारपछि राजमार्ग सामुदायिक अस्पतालबाट ट्रमा सेन्टरमा पठाइएको छ । गजुरी अस्पतालमा सात र चरौँँदी अस्पतालमा दुई जना उपचाररत रहेका छन् । बाँकी यात्रुको उपचारपछि घर पठाइएको छ ।

चर्चामा

सम्बन्धित समाचार