बिहिबार, मंसिर १६, २०७८ | Thursday 2nd December 2021
  • होमपेज
  • यमनी हुथीद्वारा साउदी विमानस्थलमा ड्रोनबाट आक्रमण
समाचार

यमनी हुथीद्वारा साउदी विमानस्थलमा ड्रोनबाट आक्रमण

साना, १५ असार । यमनका हुथी विद्रोहीहरुले साउदी अरेबियाको दक्षिणी आसिर प्रान्तमा रहेको आभा विमानस्थलमा मानवविहीन बिमान (ड्रोन) बाट आक्रमण गरेका छन् । विद्रोहीहरुले जिजान प्रान्तको जिजान बिमानस्थलमा समेत ड्रोन मार्फत बम आक्रमण गरेको दाबी पनि गरेका छन् ।

दुबै ड्रोन आक्रमणबाट आभा र जिजान बिमानस्थलका बिमान ह्याङ्गरमा आक्रमण गरिएको विद्रोहीद्वारा संचालित मासिराह टेलिभिजनले जनाएको छ । विद्रोही समूहका सैनिक प्रवक्ता याह्या सारियाले जारी गरेको विज्ञप्तिमा ड्रोनमार्फत बम आक्रमण गरिएको उल्लेख छ ।विद्रोहीहरुले पछिल्ला दिनहरुमा साउदी अरेबियाका क्षेत्रीय बिमानस्थलमा क्षेप्यास्त्र र ड्रोन आक्रमणलाई तिब्र बनाएका छन् ।

साउदी अरेबियाले भने उक्त घटनाका बारेमा कुनै प्रतिक्रिया जनाएको छैन । साउदी समाचार संस्थाले हुथीद्वारा आभा बिमानस्थलमा गरिएको ड्रोन आक्रमणबाट गत साता एक जना सिरियाली नागरिकको ज्यान जानुका साथै अरु आठ जना घाइते भएका थिए । यस्तै, अर्को ड्रोन आक्रमणबाट आभा बिमानस्थलमा २६ जना घाइते भएका थिए । –सिन्ह्वा

चर्चामा

सम्बन्धित समाचार