मंगलबार, फाल्गुन २५, २०७७ | Tuesday 9th March 2021
  • होमपेज
  • मोटर साइकल चोरी गर्ने चार पक्राउ
समाचार

मोटर साइकल चोरी गर्ने चार पक्राउ

काठमाडौँ, २ फागुन: ट्राफिक प्रहरीले मोटर साइकल चोरी गर्ने चार जनालाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले मोटर साइकल चोरी गर्ने धादिङ गजुरीका धनबहादुर तामाङ, धादिङ थाक्रेका इन्द्र तामाङ, ऋषिलाल तामाङ र मकवानपुरका निरस थिङलाई पक्राउ गरेको हो ।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले दुई वटा मोटर साइकल चोरेको आरोपमा चार जनालाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको जानकारी दिनुभयो । “भक्तपुरका सुशन थापामगर र रामेछापका हिराकाजी श्रेष्ठको चोरी भएको मोटरसाइकल चोरेको अभियोगमा उनीहरूलाई पक्राउ गरेका हौँ”, उहाँले भन्नुभयो ।

महाशाखाले माघमा मात्र मोटर साइकल चोरी गर्ने ११ जनालाई पक्राउ गरी मुद्दा चलाइसकेको छ । महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले चालू आवमा महाशाखाले उपत्यकामा हराएका १९६ मोटर साइकल खोजतलास गरेर सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको जानकारी दिनुभयो । महाशाखाले चालू आवमा उपत्यकामा मोटर साइकल चोरी गर्ने ३९ व्यक्तिलाई पक्राउ गरेर मुद्दा चलाई सकेको छ । (रासस)

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार