शनिबार, अशोज ९, २०७८ | Saturday 25th September 2021
  • होमपेज
  • कोरोना सङ्क्रमणबाट सिरहामा थप एकको मृत्यु
स्वास्थ्य

कोरोना सङ्क्रमणबाट सिरहामा थप एकको मृत्यु

लहान, ८ असोज: कोरोना सङ्क्रमणबाट सिरहामा आज थप एक पुरुषको मृत्यु भएको छ । कोरोना सङ्क्रमण भई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत सिरहा, गोलबजार नगरपालिका –१ निवासी ५० वर्षीय पुरुषको मृत्यु भएको हो ।

गोलबजार नगरपालिका स्वास्थ्य शाखा प्रमुख सरोज कर्णका अनुसार मस्तिष्काघातका साथै टाउको दुख्ने जस्ता समस्या देखिएपछि उनलाई विराटनगरस्थित न्युरो अस्पताल लगिएको थियो ।

त्यहाँ कोरोना परीक्षण गर्दा मङ्गलबार साँझ कोरोना सङ्क्रमण पुष्टि भएपछि नलाई थप उपचारका लागि बिपी कोइराला प्रतिष्ठानमा रेफर गरिएको थियो । त्यहाँ उपचारकै क्रममा मृत्यु भएको स्वास्थ्य प्रमुख कर्णले बताउनुभयो । यससँगै कोरोना सङ्कमणबाट सिरहामा मृत्यु हुने १२ जना पुगेका छन् । (रासस)

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै