शनिबार, माघ ८, २०७८ | Saturday 22nd January 2022
  • होमपेज
  • उपमेयर कप महिला टिमलाई पाँच लाख पुरस्कार प्रदान
समाचार

उपमेयर कप महिला टिमलाई पाँच लाख पुरस्कार प्रदान

विराटनगर महानगरपालिकाले उपमेयर कप महिला फुटबल प्रतियोगिता विजेता टिमलाई शनिबार यहाँ नगदसहित सम्मान गरेको छ । महानगरपालिका प्रमुख भीम पराजुलीले उपमेयर कप महिला फुटबल प्रतियोगिता जित्न सफल विराटनगरको टिमलाई रु पाँच लाखसहित सम्मान गर्नुभएको हो ।

उहाँले विराटनगर खेलकूदप्रति सशक्त छ भन्ने सन्देश दिइएको बताउँदै खेलकूद क्षेत्रको विकासका लागि महानगरपालिकाले नीति तथा कार्यक्रममा विशेष उल्लेख गरेको जानकारी दिनुभयो ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी र महिला टिमका व्यवस्थापक उद्धव अर्यालले विराटनगरको टिमले निकै मजबुत मानिएका टोलीलाई हराएर उपाधि जितेको बताउँदै महानगरले खेलकूद नगर परिषद् गठन गरी क्रिकेट/फुटबलतर्फ ५०/५० महिला, पुरुषतर्फ १००/१०० लाई प्रशिक्षण दिई दक्ष बनाउन आउने आर्थिक वर्षमा काम गर्ने जानकारी दिनुभयो ।

चर्चामा

सम्बन्धित समाचार