बिहिबार, कार्तिक ११, २०७८ | Thursday 28th October 2021
  • होमपेज
  • दुर्घटनामा घाइते युवकको मृत्यु
समाचार

दुर्घटनामा घाइते युवकको मृत्यु

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–२ सकरदही पुलमा भएको दुर्घटनामा घाइते एक युवकको उपचारका क्रममा शनिबार मृत्यु भएको छ । हनुमाननगरबाट भारदहतर्फ जाँदै गरेको हनुमाननगर कंकालिनी नगरपालिका–११ सखुवाटोल बस्ने गङ्गा रामको छोरा २५ वर्षीय अर्जुन रामको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

रामले चलाएको को४प ८६२ नंको मोटरसाइकल शुक्रबार राति अनियन्त्रित भई दुर्घटना हुँदा निजको छाती र टाउकोमा गम्भीर चोट लागेको थियो । भारदह अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि विराटनगर लिएर जाने क्रममा निजको अवस्था बिग्रिन गई सुनसरीको इनरुवास्थित अस्पतालमा उपचार गराउने क्रममा मृत्यु भएको परिवारका सदस्यले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार