सोमवार, कार्तिक ८, २०७८ | Monday 25th October 2021
  • होमपेज
  • नागढुङ्गाबाट खैरो हिरोइनसहित एक पक्राउ
समाचार

नागढुङ्गाबाट खैरो हिरोइनसहित एक पक्राउ

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले खैरो हिरोइन (ब्राउन सुगर) सहित आज एकलाई पक्राउ गरेको छ । प्रभागको टोलीले चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गामा जाँचका क्रममा खैरो हिरोइनसहित सुर्खेतका २७ वर्षीय गोपाल परियारलाई आज बिहान पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख, प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको ना८ख १३४ नंको यात्रुवाहक बस जाँचका क्रममा ११.१५ ग्राम खैरो हिरोइन लागुऔषधसहित पक्राउ गरिएको जानकारी दिनुभयो ।

“कालो प्लाष्टिकको झोलामा लुकाएर ल्याएको अवस्थामा पक्राउ गरेका हौँ”, उहाँले भन्नुभयो । पक्राउ परेका परियारलाई लागुऔषध ऐन २०३३ अनुसार मुद्दा चलाउने तयारी भइरहेको वृत्तले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै