शनिबार, मंसिर १८, २०७८ | Saturday 4th December 2021
  • होमपेज
  • मालिङ्गाको अनुपस्थिति मा नै श्रीलङ्का विश्व कप क्रिकेटमा बङ्गालादेशसँग खेल्दै
समाचार

मालिङ्गाको अनुपस्थिति मा नै श्रीलङ्का विश्व कप क्रिकेटमा बङ्गालादेशसँग खेल्दै

ब्रिस्टोल, बेलायत, २८ जेठः श्रीलङ्काका प्रसिद्ध क्रिेकेट खेलाडी लासिथ मालिङ्गा मङ्गलबार बङ्गलादेशसँगको खेलमा अनुपस्थित रहने हुनुभएको छ । श्रीलङ्काका फास्ट बलरका रूपमा चिनिने मालिङ्गाले सासूआमाको अन्त्येष्टि समारोहमा उपस्थित हुन चाहेकाले उहाँलाई बङ्गलादेशविरुद्धको मङ्गलबारको विश्वकप खेलमा विदा दिइएको श्रीलङ्काको क्रिकेट बोर्डले जानकारी दिएको छ ।

सन् १९९६ को विश्वकप विजेता राष्ट्रले मालिङ्गा विना नै बेलायतको ब्रिस्टोलमा हुने खेल खेल्नेछ भने अर्को दिन अष्ट्रेलियाविरुद्धको खेलमा उहाँ फिर्ता आउनुहुनेछ । श्रीलङ्काको क्रिकेट बोर्डद्वारा जारी गरेको विज्ञप्तिमा भनिएको छ, “मालिङ्गा आफ्नी सासूआमाको मृत्युका कारण शोकमा परेका र अन्त्येष्टिका लागि मङ्गलबार नै श्रीलङ्का जाने कार्यक्रम तय भएका कारण उहाँलाई आजको खेलमा समावेश गरिने छैन ।”

उहाँ जुन १५ मा हुने खेलमा सहभागी हुन एक दुईदिनभित्रमा नै बेलायत फर्किनुहुनेछ । श्रीलङ्काले यस बर्षको विश्वकप क्रिकेटमा अहिलेसम्म दुई खेल खेलेको छ । उसको न्यूजिल्याण्ड र अफगानिस्तानसँगको खेलमा न्यूजिल्याण्डसँग पराजय भएको थियो भने पाकिस्तानमाथि जीत हाँसिल गरेको छ । जसबाट उसले अहिलेसम्म जम्मा ३ अङ्क ल्याएको छ ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै