बिहिबार, मंसिर १६, २०७८ | Thursday 2nd December 2021
  • होमपेज
  • इथियोपियामा असफल ‘कु’ प्रयासपछि २५० भन्दा बढी गिरफ्तार
समाचार

इथियोपियामा असफल ‘कु’ प्रयासपछि २५० भन्दा बढी गिरफ्तार

अदिस अबाबा । इथियोपियाका सुरक्षाकर्मीहरुले झण्डै २५० जनाभन्दा बढीलाई गिरफ्तार गरेका छन् । उच्च तहका पाँच सुरक्षा अधिकारीहरुको हत्या भएपछि ‘कु’को खतरा रहेको आशङ्का चलिरहेका बेला उनीहरुलाई गिरफ्तार गरिएको हो । राजधानी अदिस अबाबा र उत्तरी सहर अम्हारामा अहिले उच्च सुरक्षा सतर्कताको व्यवस्था गरिएको सरकारी अधिकारीहरुले बताएका छन् ।

गत हप्ताको अन्त्यमा सेना प्रमुख, एक जना अवकास प्राप्त जनरल र अर्का तीन जना वरिष्ठ क्षेत्रीय उच्च अधिकारीहरुको हत्या भएपछि सुरक्षा सतर्कता बढाइएको हो । विद्रोही सुरक्षाकर्मीहरुको तर्फबाट मुलुकलाई खतरा रहेको भन्दै सुरक्षा अधिकारीहरुले सरकारी पक्ष पूर्ण तयारी र सतर्क अवस्थामा रहेको जनाएका छन् ।

सुरक्षा तथा न्यायिक कार्यदलले अम्हारा क्षेत्रबाट मात्रै २१२ जनालाई गिरफ्तार गरेको जनाएको छ भने अदिस अबाबाबाट ४३ जनालाई गिरफ्तार गरिएको बताएको छ । कार्यदलको तर्फबाट बिहीबार जारी वक्तव्यमा सुरक्षाकर्मीहरुले दुई ठूला मेसिनगन र २७ स्वचालित राईफल पनि बरामद गरेको उल्लेख छ । कार्यदलले हालै भएका दुई आक्रमणका घटनाका बारेमा अहिले पनि विस्तृतमा अध्ययन भइरहेको जनाएको छ । –एएफपी

चर्चामा

सम्बन्धित समाचार