सोमवार, कार्तिक ८, २०७८ | Monday 25th October 2021
  • होमपेज
  • फ्रान्समा पहिलो पटक यती धेरै गर्मी
समाचार

फ्रान्समा पहिलो पटक यती धेरै गर्मी

पेरिसः फ्रान्समा पहिलो पटक ४५ डिग्री सेल्सियस (११३ डिग्री फरेनहाइट) तापक्रम मापन गरिएको यहाँको मौसम विज्ञानसम्बन्धी कार्यालय मेटेओ–फ्रान्सले शुक्रबार जनाएको छ ।

जलवायु परिवर्तनसँगै विश्वभर देखिएको तापक्रम वृद्धिको समस्या देखिनेक्रम जारी रहिरहँदा फ्रान्समा पनि यसको प्रभाव देखिएको मौसम विज्ञान विज्ञहरूले बताएका छन् । उनीहरूले लामो समयसम्म बर्षा नहुनु र जलवायु परिवर्तनका कारण मौसममा देखिएको असन्तुलनका कारण तापक्रमवृद्धि भएको हो ।

मेटेओ–फ्रान्सका अनुसार चिसोको प्रयायका रूपमा विश्वले चिन्ने यूरोपेली मुलुक फ्रान्सको दक्षिणी गार्ड क्षेत्रको भिल्लेभिएल्ले गाउँमा शुक्रबार अहिलेसम्मकै उच्च तापक्रम मापन भएको हो ।

भिल्लेभिएल्ले क्षेत्रमा शुक्रबारको तापक्रम ४५.१ डिग्री सेल्सियस कायम भएको मेटेओ फ्रान्सले बताएको छ । यस पहिले सन् २००३ मा अत्यधिक तापक्रम वृद्धि भै ४४.१ डिग्री सेल्सियस मापन भएको थियो । –एएफपी

चर्चामा

सम्बन्धित समाचार

भर्खरै