शनिबार, अशोज ९, २०७८ | Saturday 25th September 2021
  • होमपेज
  • जापानमा कोभिड–१९ बाट थप सङ्क्रमित हुनेको सङ्ख्या ९२०
अन्तराष्ट्रिय

जापानमा कोभिड–१९ बाट थप सङ्क्रमित हुनेको सङ्ख्या ९२०

टोकियो, ८ साउनः जापानमा कोभिड–१९ बाट थप सङ्क्रमितको सङ्ख्या ९२० पुगेको र बिहीबारसम्म जापानमा कूल २८ हजार १९० जना सङ्क्रमित भएको यहाँको स्वास्थ्य मन्त्रालय तथा स्थानीय सरकारहरूले जानकारी गराएका छन् । जापानमा दैनिक सङ्क्रमित हुने कोभिड–१९ विरामीको सङ्ख्या पहिलोपटक ९०० भन्दा माथि पुगेको सरकारी अधिकारीले बताएका छन् । जापानका विभिन्न छ क्षेत्रमा पछिल्ला केही दिनदेखि सङ्क्रमण दर बढ्दो अवस्थामा रहेको छ ।

यस पहिले डाउमण्ड प्रिन्सेस नामक पानी जहाजमा ७१२ जना सङ्क्रमित भेटिएबाहेक एकै दिन यति ठूलो सङ्ख्यामा सङ्क्रमित भेटिएको पहिलो पटक हो । पछिल्लो २४ घण्टामा टोकियो महानगर प्रशासनले ३६६ थप सङ्क्रमित भएको जनाएको छ । टोकियोमा पनि एकै दिन तीन सयभन्दा बढी व्यक्ति सङ्क्रमित भेटिएको यो नै पहिलो पटक हो ।

टोकियोमा अहिलेसम्म १० हजार ४२० जना कोभिड–१९ सङ्क्रमित भेटिएका छन् । विगत २४ घण्टामा टोकियोपछि धेरै सङ्क्रमित हुने ओसाका क्षेत्रमा १०४ र टाकियोका छिमेकी क्षेत्रहरू कानागावा, साइतामा र चाइबामा क्रमशः ५३, ६४ र ३३ थप व्यक्ति सङ्क्रमित भेटिएका छन् ।

जापानमा बिहीबारसम्म कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या एक हजार चार पुगेको बताइएको छ । यसमध्ये १३ जना डायमण्ड प्रिन्सेस पानी जहाजमा सङ्क्रमणपछि मृत्यु भएका थिए । जापानको स्वास्थ्य मन्त्रालयका अनुसार जापानमा बिहीबारसम्ममा ५५ जना जटिल खालका सङ्क्रमित रहेका छन् भने अहिलेसम्म २१ हजार ३१० व्यक्ति निको भई घर फर्किएका छन् । -सिन्ह्वा

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै