सोमवार, कार्तिक १, २०७८ | Monday 18th October 2021
  • होमपेज
  • जबर्जस्तीकरणी गरेको अभियोगमा ट्रकका चालक र सह चालक पक्राउ
समाचार

जबर्जस्तीकरणी गरेको अभियोगमा ट्रकका चालक र सह चालक पक्राउ

जबर्जस्तीकरणी गरेको अभियोगमा दुई जनालाई जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरेको छ । नवलपरासीबाट दमौलीतर्फ आउँदै गरेको ना १ क ४३४९ नं को ट्रकमा एक महिलालाई जबर्जस्तीकरणी गरेको अभियोगमा ट्रकका चालक र सह चालक पक्राउ परेका हुन् । पक्राउ पर्नेमा ट्रक चालक मोरङ उर्लाबारी नगरपालिका–३ बस्ने ३१ वर्षीय विमल ढकाल र सह–चालक सोही ठाउँ बस्ने ३२ वर्षीय गोपाल भण्डारी रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो ।

उनीहरुलाई ब्यास नगरपालिका–३ बिपीवनवाटिका नजिक ट्रकबाट रड अनलोड गर्दै गरेको अवस्थामा पक्राउ गरिएको हो । नवलपुरस्थित डण्डाबाट ट्रकमा लिफ्ट मागेर दमौलीतर्फ आउँदै गरेकी एक महिलालाई ब्यास–१२ छिर्कनेस्थित पृथ्वीराजमार्ग सडक किनारामा ट्रक रोकी निजहरुले आज जबर्जस्ती करणी गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका विरुद्ध जबर्जस्तीकरणी मुद्दामा आज जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ । पीडित महिलाको स्वास्थ्य संस्थामा परीक्षण गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै