शुक्रबार, कार्तिक ५, २०७८ | Friday 22nd October 2021
  • होमपेज
  • वडाध्यक्षमाथि आक्रमण गर्ने दुई पक्राउ
समाचार

वडाध्यक्षमाथि आक्रमण गर्ने दुई पक्राउ

बाँकेको डुडुवा गाउँपालिका–४ का वडाध्यक्ष सगिर खानलाई साङ्घातिक आक्रमण गरी घाइते बनाउने दुई जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोला यादव र दिनेश यादव रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वीरबहादुर वलीले बताउनुभयो ।

बिहीबार राति जेसीबी लगाएर राप्ती नदीमा अवैध रुपमा बालुवा उत्खनन गरिरहेको सूचना पाएपछि उक्त कार्य रोक्न पुग्नुभएका वडाध्यक्ष खान माथि कम्दीका स्थानीयवासीले आक्रमण गर्दा खान गम्भीर घाइते हुनुभएको थियो । उहाँको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा उपचार भइरहेको प्रहरी उपरीक्षक वलीले जानकारी दिनुभयो ।

चर्चामा

सम्बन्धित समाचार