सोमवार, कार्तिक ८, २०७८ | Monday 25th October 2021
  • होमपेज
  • कंगोको खानी दुर्घटनामा १९ बालबालिका मारिए
समाचार

कंगोको खानी दुर्घटनामा १९ बालबालिका मारिए

किन्सासा, १३ असार । कंगोको दक्षिणी क्षेत्रमा सञ्चालित तामा तथा कोबाल्ट खानीमा भएको दुर्घटनामा कम्तीमा १९ जना बालमजदुरको मृत्यु भएको छ । प्रहरीका अनुसार उक्त खानी स्वीट्जरल्यान्डको खानी उद्योग ग्लेनकोरले सञ्चालन गरिरहेको छ । ग्लेनकोरको सहायक कम्पनी कामोतो कपर कम्पनी (केसीसी) ले ती मजदुरलाई काममा लगाएको थियो ।

ग्लेनकोरले दुईवटा अग्ला पर्खाल ढलका कारण अरु मजदुर पनि चेपुवामा परेको हुनसक्ने बताएको छ । केही सञ्चार माध्यमले मृत्यु हुनेको संख्या अरु बढी रहेको आशंका गरेका छन् । ग्लेनकोरले पछिल्ला दिनहरुमा गैरकानुनी तरिकाबाट बालबालिका खानी मजदुरमा काम गर्न थालेको जनाएको छ ।

यहाँको खानीमा दैनिक २ हजारभन्दा बढी व्यक्ति जबर्जस्ती आएर काम गर्ने गरेको कम्पनीले दाबी गरेको छ । अल जजिरा टेलिभिजनका अनुसार सन् २०१६ मा यही खानीमा करिब २५० मिटर अग्लो पर्खाल भत्किएर सात जना कामदारको ज्यान गएको थियो । अफ्रिकाका धेरै मुलुकमा अवैज्ञानिक तरिकाबाट खानी उत्खनन गर्नेक्रममा बर्सेनि धेरैको ज्यान जाने गरेको छ । –एएनआई

चर्चामा

सम्बन्धित समाचार