शनिबार, अशोज ३०, २०७८ | Saturday 16th October 2021
  • होमपेज
  • ‘मेरो सीप र श्रम, मेरो माटोलाई’ अभियान सञ्चालन हुने
समाचार

‘मेरो सीप र श्रम, मेरो माटोलाई’ अभियान सञ्चालन हुने

महाकाली नगरपालिकाले आगामी आर्थिक वर्ष २०७६/७७ मा कृषि क्षेत्रलाई प्राथमिकता राख्दै ‘मेरो सीप र श्रम, मेरो माटो’लाई अभियान सञ्चालन गर्ने भएको छ । नगरपालिकाको पाचौँ नगरसभाले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति कार्यक्रममा सो अभियान सञ्चालन गर्ने भएको हो । अभियानअन्तर्गत नगरपालिका्भित्रका स्थानीयवासीको सीप र स्थानीय जनशक्ति पहिचान गराई स्थानीय विकासको रोजगारीमूलक कार्यक्रममा लगाइने उल्लेख गरिएको छ । अभियानलाई सफल पार्नका लागि स्थानीय क्षेत्रको दक्षजनशक्ति व्यवस्थापन र परिचालन गर्न स्थानीय स्वयंसेवक कार्यविधि तयार गरिने नगरप्रमुख हंशराज भट्टले बताउनुभयो ।

आवश्यक जनशक्तिलाई कृषि, शिक्षा, संस्कृति तथा पर्यटन, स्वास्थ्य, सूचना प्रविधिक र उद्यमशीलताको क्षेत्रमा जनशक्ति परिचालन गर्ने नगरपालिकाको तयारी छ । नगरपालिकाले कूल रु ५४ करोड ७८ लाख ८१ हजारको बजेट विनियोजन गरेको छ । नगरपालिकाले कृषि क्षेत्रको विकास तथा प्रवद्र्धनका लागि कृषि आधुनिकीकरण गर्ने र कृषि उद्यम स्थापना गर्ने उल्लेख छ । यस्तै रोजगारी तथा आर्थिक वृद्धिका लागि स्वरोजगार कार्यक्रममार्फत रोजगार कार्यक्रम गर्ने सञ्चालन गर्ने जनाएको छ । नगरपालिकाले पर्यटकीय गन्तव्यको पहिचान गरी नगरपालिकालाई कैलाश मानसरोवर प्रवेशद्वारको रुपमा विकास गर्ने उल्लेख छ ।

यसैगरी नगरपालिकाले किसानको हकहित संरक्षण र संवद्र्धन गर्दै कृषि उत्पादनको उत्पादकत्व बनाउने नीति ल्याएको छ भने आव २०७६/७७ बाट कृषक पेन्सन कोष निर्देशिका तयार गरी कार्यान्वयनमा ल्याउने नगर प्रमुख भट्टले उद्घोष गर्नुभयो । यस्तै एक वडा एक उत्पादन कार्यक्रम सञ्चालन गर्ने नीति ल्याइएको छ । नगरपालिकालाई दूध, मासु, तरकारी र फलफूलमा आत्मनिर्भर बनाउने नगरपालिकाको योजना छ । कृषि क्षेत्रमा बाली बीमालगायत स्वास्थ्य बीमा र पशुपक्षीमा समेत बीमा लागू गर्नको लागि निरन्तर पहल गर्ने नगरपालिकाले नीति ल्याएको छ ।

जडीबुटी र पर्यटन पूर्वाधारमा जोड

मार्मा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट तथा नीति कार्यक्रममार्फत जलस्रोत जडीबुटी र पर्यटन पूर्वाधारमा जोड दिने नीति सार्वजनिक गरेको छ । गाउँपालिकाको पाँचौँ गाउँसभाबाट जलस्रोत जडीबुटी र पर्यटन पूर्वाधारको विकास समग्र गाउँपालिकाको समृद्धि र विकासमा हाम्रो प्रयास भन्ने मूलनाराका साथ नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । गाउँपालिकाले समृद्धि मार्माका लागि कूल रु ३२ करोड २६ लाख २९ हजार बराबरको अनुमानित बजेट पेश गरेको हो ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै