सोमवार, कार्तिक ८, २०७८ | Monday 25th October 2021
  • होमपेज
  • विश्वकप क्रिकेट, दक्षिण अफ्रिका र श्रीलंकाबीचको खेल शुरु
समाचार

विश्वकप क्रिकेट, दक्षिण अफ्रिका र श्रीलंकाबीचको खेल शुरु

चेस्टर स्ट्रिट, १३ असार (रास-एएफपी) – इङल्यान्डमा जारी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार दक्षिण अफ्रिका र श्रीलंकाबीचको खेल शुरु भएको छ । टस जिती दक्षिण अफ्रिकाले क्षेत्र रक्षण रोजेको छ । गत साता विश्वकप जित्ने सम्भावना रहेको इङल्यान्डलाई पराजित गरेको श्रीलंकाको आजको शुरुआत भने राम्रो हुन सकेन ।

पहिलो बलमै प्रारम्भिक ब्याट्सम्यान एवं श्रीलंकाली कप्तान डिमुख करुनारत्ने शून्य रनमै आउट भएका छन् । विश्वकपको यस संस्करणमा फाफ डू प्लेसीको कप्तानीमा रहेको दक्षिण अफ्रिका सेमिफाइनलका लागि छनौट हुन सकेको छैन ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै