शुक्रबार, बैशाख ३१, २०७८ | Friday 14th May 2021
  • होमपेज
  • फेवाताल सफाइ अभियानमा सक्रिय समूहलाई सहयोग
गण्डकी प्रदेश

फेवाताल सफाइ अभियानमा सक्रिय समूहलाई सहयोग

चिप्लेढुङ्गा, २८ असारः पोखराको फेवाताल सफाइ अभियानमा निरन्तर सक्रिय खहरे आमा समूहलाई प्रवासी पोखरेली अष्ट्रेलिया ग्रुपले रू ५० हजार सहयोग गरेको छ । फेवातालमा प्रदूषण बढ्दै वातावरणमा असर पर्ने थालेपछि सफाइ अभियान शुरु गरिएको समूहका अध्यक्ष मैया थापाले जानकारी दिनुभयो ।

“हामी पाँच वर्षदेखि निरन्तर यस अभियानमा सक्रिय छाँै, आजसम्म १५१ हप्ता पुगिसकेको छ । घामपानी, बादल नभनी कोरोना त्रासको समयमा समेत सामाजिक दूरी कायम गरेर सफाइ अभियानमा क्रियाशील भयौँ, हाम्रो सक्रियतालाई देखेर प्रवासी पोखरेली अष्ट्रेलिया ग्रुपले ५० हजार रकम पठाएको छ । यसले थप ऊर्जा मिलेको छ”, थापाले भन्नुभयो ।

विसं २०७० सालमा स्थापित समूहमा पछिल्लो समय ८० सदस्य छन् । उक्त सफाइ अभियानबाट सङ्कलित फोहोरलाई पोखरा महानगरपालिकाको समन्वयमा ग्रिन पार्कका अध्यक्ष सुजन गुरुङले व्यवस्थापन गर्दै आउनुभएको छ । प्रवासी समूह अष्टेलियाका संयोजक शंकर कोइरालामार्फत सङ्कलित उक्त रकम नेपालका संयोजक धर्मराज पहारी र समूहका सदस्य तेजनारायण पराजुलीले समूहका अध्यक्ष थापालाई हस्तान्तरण गर्नुभएको थियो । (रासस)

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै