बिहिबार, कार्तिक ११, २०७८ | Thursday 28th October 2021
  • होमपेज
  • ११ वर्षीया बालिकालाई बलात्कार गर्ने अभियुक्त फरार
समाचार

११ वर्षीया बालिकालाई बलात्कार गर्ने अभियुक्त फरार

गएराति वीरगञ्ज महानगरपालिका–२७ उदेयपुर घुर्मी बस्ने राकेश यादवले ११ वर्षीया बालिकालाई बलात्कार गरी फरार भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । जन्ती हेर्न आएकी ती बालिकालाई शुरुमा राकेशले जिस्काएको र पछि जबर्जस्ती करणी गरेको उजुरी परेपछि सो घटना सार्वजनिक भएको हो ।

पीडित पक्षको बयान र उजुरीका आधारमा पर्साका प्रहरी नायब उपरीक्षक अन्नतराम शर्माले सो घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको र फरार अभियुक्तको खोजी जारी रहेको बताउनुभयो । शुरुमा सो घटना गाउँमै मिलाउन खोजिएपनि घटना सार्वजनिक भएपछि दुवै पक्षलाई मिलापत्र गराउने पञ्च भनाउँदाको योजना तुहिन गएको हो ।

चर्चामा

सम्बन्धित समाचार