आइतवार, कार्तिक ७, २०७८ | Sunday 24th October 2021
  • होमपेज
  • चिट्ठासहित एक भारतीय नागरिक भद्रपुरबाट पक्राउ
समाचार

चिट्ठासहित एक भारतीय नागरिक भद्रपुरबाट पक्राउ

चिट्ठासहित एक भारतीय नागरिक आज भद्रपुरबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत पश्चिम बगाल दार्जिलिङ जिल्ला डेङगुजोत निवासी २० वर्षीय मोहमद एनसउल रहेको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले जानकारी दिनुभयो । विशेष सूचनाको आधारमा उनलाई भद्रपुर–६ स्थित भानुनगर नजिकैबाट पक्राउ गरिएको हो ।

उनको साथबाट प्रहरीले पश्चिम बगाल र नागालैण्ड स्टेट कम्पनीको १२० ठेली चिट्ठा (लट्री) बरामद गरेको छ । पछिल्लो समय नेपाली सीमावर्ती बजारमा भारतीय चिट्ठा (लट्री) बेचविखन गर्ने कारोवारीको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ ।

नेपालमा प्रतिबन्धित मानिएको भारतीय चिट्ठाको कारोवार बढेसँगै नेपालीको लाखौँ रुपैयाँ भारत गइरहेको छ । चिट्ठा ऐन, २०२५ को दफा २ मा नेपाल सरकारको अनुमतिमाबाहेक कसैले पनि चिट्ठाको खरीद बिक्री गर्ने काम गर्न वा गराउन नपाइने उल्लेख गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै