बिहिबार, मंसिर १६, २०७८ | Thursday 2nd December 2021
  • होमपेज
  • डुङ्गा दुर्घटनामा सात आप्रवासीको मृत्यु
समाचार

डुङ्गा दुर्घटनामा सात आप्रवासीको मृत्यु

एथेन्स, २८ जेठः ग्रिकको लेस्बोस द्वीपमा आप्रवासी सवार रहेका एक डुङ्गा दुर्घटना हुँदा कम्तीमा सात जनाको मृत्यु भएको तटीय सुरक्षाकर्मीले जानकारी दिएका छन् । मारिएका व्यक्तिहरुमा चार महिला, एक पुरुष र दुई युवती छन् । खोजीका क्रममा यस दुर्घटनामा परेका अरु ५७ व्यक्तिलाई जीवितै उद्धार गरिएको तटीय सुरक्षाकर्मीले जानकारी दिएको छ ।
डुङ्गामा सवार आप्रवासी कुन देशका हुन् भन्ने प्रष्ट भइसकेको छैन ।

भूमध्यसागर पार गरेर युरोप पुग्ने क्रममा यस वर्षको शुरुदेखि हालसम्म ३०० भन्दा बढी शरणार्थी र आप्रवासीहरु मारिएका इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसन (आइओएम)ले जनाएको छ । ग्रिसले सन् २०१५ देखि हालसम्म ७० हजार सिरियाली शरणार्थीलाई शरण दिइसकेको र ती शरणार्थीहरु छिमेकमा पर्ने देश टर्की पार गर्दै त्यहाँ आइपुगेका हुन् । –एएफपी

चर्चामा

सम्बन्धित समाचार