बिहिबार, कार्तिक ४, २०७८ | Thursday 21st October 2021
  • होमपेज
  • एसइईमा रुपन्देहीका १० विद्यार्थीको ‘४ जिपिए’ ल्याए
समाचार

एसइईमा रुपन्देहीका १० विद्यार्थीको ‘४ जिपिए’ ल्याए

राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजाअनुसार रुपन्देहीबाट १० जना विद्यार्थीले ४ जिपिए ल्याएका छन् । जिल्लामा सबैभन्दा धेरै बुटवलको न्यू होराइजन स्कुलका सात विद्यार्थीले ४ जिपिए ल्याएका हुन् ।

सो विद्यालयका क्षितिज डुम्रे, स्वस्तिका कुँवर, अशिम चौधरी, अनुस्का श्रेष्ठ, प्रवेश आचार्य रोशना टण्डन र सोयल ज्ञवालीले ४ जिपिए ल्याएको जिल्ला शिक्षा समन्वय एकाइ रुपन्देहीका उपसचिव घनश्याम भुसालले जानकारी दिनुभयो ।

यस्तै सामुदायिकतर्फ कालिका माविका सविना सुवेदीले ४ जिपिए प्राप्त गरेका छन् । देवदह इङ्गलीश बोर्डिङ स्कुलका गौरव खनाल र सिद्धार्थ बोर्डिङ स्कुलका निकिता खनालले ४ जिपिए प्राप्त गरेको उपसचिव खनालले बताउनुभयो ।

चर्चामा

सम्बन्धित समाचार