बुधबार, मंसिर १५, २०७८ | Wednesday 1st December 2021
  • होमपेज
  • अवैधरुपमा तस्करी गर्न लागिएको १४ क्विन्टल जडीबुटी बरामद
समाचार

अवैधरुपमा तस्करी गर्न लागिएको १४ क्विन्टल जडीबुटी बरामद

बाजुराको बूढीनन्दा नगरपालिकाबाट अवैधरुपमा तस्करी गर्न लागिएको १४ क्विन्टल जडीबुटी बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय कोल्टी तथा त्यहाँको इलाका वन कार्यालयका कर्मचारीको संयुक्त टोलीले आज उक्त जडीबुटी बरामद गरेको हो । तस्करीमा संलग्न ठेकेदार र भरियालाई समेत नियन्त्रणमा लिएको छ । जडीबुटीको सङ्कलन पूर्जी नलिइ गोदाममा जम्मा गरिरहेका अवस्थामा बूढीनन्दा–४ कुरुबाट प्रहरी र वन कर्मचारीको संयुक्त टोलीले १२ बोरा सेतोचिनि, एक बोरा सुगन्धवाल, एक बोरा कटुकीलगायत १४ क्विन्टल ४३६ किलो जडीबुटी बरामद गरेको पादुका सव–डिभिजन वन कार्यालयका वन रक्षक जयलाल विकले बताउनुभयो ।

नेपालगञ्ज उप–महानगरपालिका–२ का ४५ वर्षीय गगन राना तथा ४२ वर्षीय नारद गिरीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोल्टीका प्रहरी निरीक्षक शेरबहादुर कुँवरले बताउनुभयो । प्रहरीले १२ भरियालाई समेत नियन्त्रणमा लिएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय ल्याई छानविन थालेको प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले बताउनुभयो । उनीहरु विरुद्ध वन ऐनअनुसार कारवाहीका लागि अदालतमा मुद्दा चलाइने जिल्ला वन अधिकृत भीमप्रसाद कँडेलले बताउनुभयो ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै