बिहिबार, कार्तिक ४, २०७८ | Thursday 21st October 2021
  • होमपेज
  • काश्मिरमा भएको बस दुर्घटनामा ११ को मृत्यु, ८ घाइते
समाचार

काश्मिरमा भएको बस दुर्घटनामा ११ को मृत्यु, ८ घाइते

श्रीनगर, १२ असारः भारत नियन्त्रित काश्मिरमा भएको सवारी दुर्घटनामा परी कम्तीमा ११ जनाको मृत्य भएको छ । बिहीबार भएको दुर्घटनामा परी मृत्यु भएकामध्ये नौ जना युवती तथा विद्यार्थी रहेका छन् भने अरु आठ जना घाइते भएका छन् । पहाडी बाटोमा गुडिरहेका बेला चालकले नियन्त्रण गर्न नसकेपछि बाटोदेखि तल खसेर बस दुर्घटना भएको प्रहरीले जनाएको छ । काश्मिरको गृष्मकालीन राजधानी श्रीनगर शहरदेखि ८ किलोमिटर टाढा पर्ने शोपिआन जिल्लाको पिर कि गाली भन्ने ठाउँमा दुर्घटना भएको हो ।

“एउटा दुखद् दुर्घटनामा परी आज यहाँ कम्तीमा ११ जनाको मृत्यु भएको छ, ती मध्ये नौ जना युवती रहेका छन्,” एक जना प्रहरी अधिकृतले सिन्ह्वालाई भने । उनले थपे, “बाटोदेखि तल खसेर भएको दुर्घटनामा परी अरु आठ जना घाइते पनि भएको पाइएको छ ।” घाइतेहरु मध्ये सात जनालाई स्थानीय अस्पतालमा उपचार भइरहेको र एक जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि श्रीनगर पठाइएको प्रहरीको भनाई छ । –सिन्ह्वा

चर्चामा

सम्बन्धित समाचार