शनिबार, मंसिर १८, २०७८ | Saturday 4th December 2021
  • होमपेज
  • म्याराथुन धावकका रुपमा चम्के नेपालका तामाङ
समाचार

म्याराथुन धावकका रुपमा चम्के नेपालका तामाङ

कुनै बेला नेपालमा म्याराथुन धावकका रुपमा चम्केका काभ्रे, गणेशथानका ३४ वर्षीय आईते तामाङ पोर्चुगलमा आयोजना हुने ट्रेल म्याराथुन दौडमा आफूलाई अब्बल साबित गर्दै उत्कृष्ट अल्ट्रा धावकका रुपमा चम्कन सफलभएका छन् । सन् २००६ मा भक्तपुरमा आयोजना भएको ५ किलोमिटर म्याराथुन दौडबाट यस क्षेत्रमा इन्ट्री मार्नुभएका तामाङले १८० किलोमिटर लामो अन्तरराष्ट्रिय म्याराथुन दौडसम्मको उचाईमा आफूलाई उभ्याउन सफलभएका छन् ।

जसले दुई–दुई पटक सम्म १८० किलोमिटर लामो अन्तरराष्ट्रिय म्याराथुन दौडमा प्रतिस्पर्धा गरे । त्यो पनि विदेशी भूमिमा फ्रान्समा । जुन प्रतिस्पर्धामा उनी निरन्तर २२ घण्टा दौडिए । साँझ ६ बजे फ्रान्सबाट शुरु भएको दौड स्वीजरल्याण्ड–इटाली हुँदै पुनः फ्रान्स आईपुग्नुपर्ने थियो । साँझ ६ बजेबाट दौडेका उनी भोलिपल्ट दिउँसो ४ बजे सम्म निरन्तर दौडिए । तस्वीरः भरत प्रधान ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै