आइतवार, कार्तिक ७, २०७८ | Sunday 24th October 2021
  • होमपेज
  • उत्तरपश्चिम नाइजेरियामा २२ किसानको हत्या
समाचार

उत्तरपश्चिम नाइजेरियामा २२ किसानको हत्या

अबुजा, १२ असारनाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोमा आतङ्ककारी समूह बोको हरामले गरेको आक्रमणमा परी २२ जना किसानको मृत्यु भएको प्रहरीले जनाएको छ । दमासाक शहरबाट ५० किलोमिटर टाढा रहेको नाम्गाम गाउँमा सोमबार किसानहरुको एक समूहलाई बोको हराम लडाकूले आक्रमण गरेको र सो आक्रमणमा परी २२ जनाको मृत्यु भएको सैनिक अधिकारीहरुले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका छन् ।

गोली लागि घाइते भएका दर्जनौं महिला र बालबालिका दमासाक शहरनजिक शरणको खोजीमा आइपुगेका छन् । मङ्गलबार नाम्गामाबाट १८ जनाको शव बरामद भएको सरकार समर्थित स्थानीय नागरिक समूहका प्रमुख उसमान बालाले बताउनु भएको छ । स्थानीय बासिन्दाको सहयोगमा नै उद्धारकार्य जारी रहेको बताइएको छ । नाइजेरियाको उत्तरपूर्वी इलाकामा एक दशक यता बोको हराम आतङ्ककारी समूहले हिांसात्मक गतिबिधि गर्दै आएका छन् । यस द्वन्द्वमा परी हजारौं व्यक्तिको ज्यान गइसकेको छ । –सिन्ह्वा

चर्चामा

सम्बन्धित समाचार

भर्खरै