बुधबार, कार्तिक ३, २०७८ | Wednesday 20th October 2021
  • होमपेज
  • चितवनमा मोटरसाइकल एकापसमा ठक्कर खाँदा दुईको मृत्यु
समाचार

चितवनमा मोटरसाइकल एकापसमा ठक्कर खाँदा दुईको मृत्यु

बुधबार साँझ चितवनको भरतपुर महानगरपालिका–१८ भेटघाटचोकमा एकापसमा मोटरसाइकल ठक्कर खाँदा दुईको मृत्यु भएको छ । साँझ ६ बजे ना५३प ५२४७ नंको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको ग९प ११८५ नंको मोटरसाइकल एकापसमा ठक्कर खाएको हो ।

दुर्घनामा गम्भीर घाइते भएका ना५३प ५२४७ नंको मोटरसाइकल चालक भरतपुर–१८ का १७ वर्षीय राजन भट्ट र ग९प ११८५ नंको मोटरसाइकल चालक भरतपुर–१८ कै २८ वर्षीय रामचन्द्र गौडेलको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिनुभयो ।

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै