मङ्लबार, मंसिर १४, २०७८ | Tuesday 30th November 2021
  • होमपेज
  • नेपालको लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लब भारतको चेन्नईयिन एफसीसँग पराजित
समाचार

नेपालको लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लब भारतको चेन्नईयिन एफसीसँग पराजित

एएफसी कप फुटबल प्रतियोगितामा नेपालको लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लब भारतको चेन्नईयिन एफसीसँग पराजित भएको छ ।सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज भएको लिग चरणको आफनो अन्तिम खेलमा मनाङ चेन्नइयिनसँग ३–२ गोलअन्तरले पराजित भएको हो । चेन्नईयिनको जितमा मोहमद राफीले दुई गोल गरे भने इला साबिया फिल्होले एक गोल थपे । राफी खेलको ५३ औँ मिनेटमा पहिलो गोल गर्दै खाता खोले ।

त्यस्तै खेलको ६७ औँ मिनेटमा फिल्होले एक गोल गर्दै थप्दै चेन्नईयिनको अग्रता दोब्बर बनाए । मनाङका आफिज ओलाडिपोले दुई गरे । उनले दुई गोल गर्दै खेललाई दुई दुई गोलको बराबरीमा ल्याए पनि हार भने टर्न सकेन । मनाङका आफिजले खेलको ७१ र ७९औँ मिनेटमा गोल गरेका थिए । तर खेलको ८८औँ मिनेटमा चेन्नईयिनका रफीले व्यक्तिगत दोस्रो गोल गर्दै आफनो टोलीको जित पक्का गरे ।

एएफसी कपबाट बाहिरिसकेको मनाङका लागि यस खेल प्रतिष्ठाको लडाइँ मात्र थियो । समूह इ मा रहेको मनाङले छ खेलबाट दुई अङ्क मात्र जोड्यो । जितसँगै चेन्नईयिनले ११ अंक जोडेको छ । उसले छ खेलमा तीन जीत, दुई बराबरी र एक हार ब्यहोरेको छ । समूहको शीर्ष स्थानमा रहने टोली दोस्रो चरणमा प्रवेश गर्नेछ ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै