शुक्रबार, कार्तिक ५, २०७८ | Friday 22nd October 2021
  • होमपेज
  • दलित पत्रकारको राष्ट्रिय सम्मेलन असार १३ देखि
समाचार

दलित पत्रकारको राष्ट्रिय सम्मेलन असार १३ देखि

नेपाल पत्रकार महासंघमा आवद्ध दलित समुदायका पत्रकारहरुको राष्ट्रिय सम्मेलन पाल्पाको तानसेनमा यही असार १३, १४ र १५ गते हुने भएको छ । सम्मेलनलाई व्यवस्थित बनाउनका लागि महासंघले मुल समिति र ६ उपसमिति गठन गरेको पाल्पा शाखा अध्यक्ष राजेश कुमार अर्यालले बताउनुभयो ।

सो सम्मेलनमा कार्यसमितिका पदाधिकारी, सल्लाहकार, केन्द्रीय तथा प्रदेश पार्सद, विभिन्न संचार माध्यमका प्रमुखको सहभागिता रहने बताइएको छ । देशभरबाट झण्डै एकसय बढी पत्रकारको सहभागिता हुँदा पाल्पाको पर्यटन क्षेत्रको थप प्रचारप्रसार हुने विश्वास गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार