सोमवार, मंसिर १३, २०७८ | Monday 29th November 2021
  • होमपेज
  • अवैध हुन्डी कारोवार गर्ने आठ पक्राउ
समाचार

अवैध हुन्डी कारोवार गर्ने आठ पक्राउ

अवैध हुन्डी कारोवार गरिरहेको अवस्थामा दुई भारतीयसहित आठ जनालाई प्रहरीले आज दिउँसो पक्राउ गरेका छ । गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको हो ।

प्रहरीले वीरगञ्ज महानगरपालिका–९ माइअस्थानमा रहेको कनहैया सुनारको सुन पसलमा छापामारी रु ४१ लाख ९२ हजार र दुई किलो ९० ग्राम चाँदीसहित आठ जनालाई पक्राउ गरिएको जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक अन्नतराम शर्मा बताउनुभयो ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै