बुधबार, मंसिर १५, २०७८ | Wednesday 1st December 2021
  • होमपेज
  • कम्बोडियामा निर्माणाधिन भवन भत्किँदा २४ व्यक्तिको मृत्यु
समाचार

कम्बोडियामा निर्माणाधिन भवन भत्किँदा २४ व्यक्तिको मृत्यु

कम्बोडिया, ९ असारः गत शनिबार कम्बोडियाको सिहामनोक्भिल्लेमा निर्माणाधिन अवस्थामा रहेको एक भवन भत्किँएको भवन भग्नावशेषमा जीवित व्यक्ति फेला नपर्ने उद्धारकार्यमा संलग्न सेनाको दाबी रहेको छ । निर्माणाधिन अवस्थामा रहेको सात तले यस भवनमा गत शनिबार भत्किँदा कम्तीमा २४ व्यक्तिको मृत्यु भएको थियो ।

कम्बोडियाका प्रधानमन्त्री हुन सेनले दुर्घटना भएको क्षेत्रको भ्रमण गर्नु भएको छ । सो भवन भग्नावशेषबाट सोमबार बिहानसम्म पनि शवहरु निकालिएको एएफपीका एक समाचारदाताले जानकारी दिएका छन् । यस भवन भग्नावशेषबाट अव जीवित व्यक्ति उद्धार गर्ने संभावना नरहेको उद्धारकार्यमा संलग्न एक सैनिकले एएफपी समाचार समितिलाई बताएका छन् ।

खिम पोभ नाम गरेकी ४७ बर्षीय एक महिलाले सो भवन भग्नावशेषमा आफ्ना श्रीमान र भतिजा र वेपत्ता रहेका र आफ्नो छोरोलाई भने उद्धार गरिएको एएफपीलाई बताएकी छिन् । छोराको उपचार भईरहेको उनले जानकारी दिएकी छिन् । भत्किँएको सो भवन भग्नावशेषबाट शवहरु निकाल्ने क्रम जारी रहेको र आफ्ना श्रीमानको जीवितै उद्धार हुने आशा नरहेको पनि ती महिलाले जानकारी दिएकी छिन् । –एएफपी

चर्चामा

सम्बन्धित समाचार

भर्खरै