शनिबार, अशोज ३०, २०७८ | Saturday 16th October 2021
  • होमपेज
  • डोल्पाको ठुलिभेरी नगरपालिकामा पर्ने रुपगाड पुल बाढीले बगायो
समाचार

डोल्पाको ठुलिभेरी नगरपालिकामा पर्ने रुपगाड पुल बाढीले बगायो

भारी वर्षाका कारण डोल्पाको ठुलिभेरी नगरपालिकाको रुपगाड खोलामा आएको बाढीले पुल बगाएको छ । पुल बगाएपछि जाजरकोट–डोल्पा सडकखण्डभित्र आवतजावत अवरुद्ध भएको छ । जुफाल विमानस्थलबाट दुनै आवतजावतका साथै तल्लो डोल्पाबाट दुनै आउने बाटो अवरुद्ध भएको बताइएको छ ।

एक महीनाअघि मात्र निर्माण गरिएको पुल बाढीले बगाएपछि रुपगाडको दुई किनारामा यातायातका साधनहरु अलपत्र परेका छन् । बाढीले पुल बगाउँदा आवतजावतमा समस्या भएको स्थानीय वीर्खबहादुर रोकायले जानकारी दिनुभयो ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै