शनिबार, अशोज ३०, २०७८ | Saturday 16th October 2021
  • होमपेज
  • ६ लाख सहित जुवा खेल्ने १३ जना पक्राउ
समाचार

६ लाख सहित जुवा खेल्ने १३ जना पक्राउ

प्रहरीले सूर्यविनायक नगरपालिका–५ सल्लाघारीबाट जुवातास खेलिरहेको अवस्थामा तेह्र जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले उनीहरुलाई रु छ लाख एक हजारसहित पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलका अनुसार पक्राउ परेको १३ जना विरुद्ध आजै मुद्दा चलाएर कारवाही प्रक्रिया अगाडि बढाइएको छ ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै