सोमवार, कार्तिक ८, २०७८ | Monday 25th October 2021
  • होमपेज
  • बिमलाको शङ्कास्पद मृत्यु भएको भन्दै आफन्तद्वारा न्याय माग्दै प्रदर्शन
समाचार

बिमलाको शङ्कास्पद मृत्यु भएको भन्दै आफन्तद्वारा न्याय माग्दै प्रदर्शन

काठमाडौँको बौद्धस्थित समता अस्पतालमा कार्यरत कर्मचारीको मृत्युपछि न्यायको माग गर्दै आफन्तले आज प्रदर्शन गरेका छन् ।अस्पतालमा सरसफाइको काम गर्ने कर्मचारी बिमला तामाङको शङ्कास्पद मृत्यु भएको भन्दै आफन्तले महानगरीय प्रहरी वृत्त गौशला अगाडि प्रदर्शन गरेका हुन् ।

रामेछापको दोरम्बा स्थायी घर भएकी तामाङ यही असार ३ गते अस्पताल परिसरमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । तामाङको गोजीमा तीर्थ र सङ्गीताको नाम लेखिएको कागज भेटिएको थियो । त्यसैलाई आधार बनाएर प्रहरीले उनीहरुलाई सोधपुछका लागि हिरातमा लिएको थियो ।

सोही विषयमा अनुसन्धानका लागि भन्दै सञ्चालक उत्तम सञ्जेलकी पत्नी कला अधिकारी, कर्मचारी तीर्थकुमारी श्रेष्ठ र सङ्गीता केसीलाई प्रहरीले हिरासतमा लिएको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ । प्रदर्शनकारी र अस्पताल प्रशासनबीच वार्ता गराउने पहल भइरहेको गौशाला प्रहरीले जानकारी दिएको छ ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै