आइतवार, कार्तिक ७, २०७८ | Sunday 24th October 2021
  • होमपेज
  • पोर्चुगलमा पत्रकार महासङ्घको उपशाखा गठन
समाचार

पोर्चुगलमा पत्रकार महासङ्घको उपशाखा गठन

नेपाल पत्रकार महासङ्घ पोर्चुगल उपशाखाको तदर्थ समिति गठन गरिएको छ । नेपाली पत्रकारहरुको भेलाबाट समितिको संयोजकमा योगेन्द्रमिलन छन्त्याल चयन हुनुभएको छ । समितिको सहसंयोजकमा राजकुमार थापा, प्रवक्ता पेम्बागेलु शेर्पा तथा सदस्यमा भगवान गिरी, यामबहादुर गुरुङ, वासु सत्याल र निरञ्जन सापकोटा हुनुहुन्छ । सल्लाहकारमा राजकुमार दिक्पाल र नारायण अर्याल रहनुभएको छ ।

भेलामा महासङ्घका अध्यक्ष गोविन्द आचार्यले सरकारले संसद्मा दर्ता गराएको मिडिया काउन्सिल विधेयक फिर्ता लिनुपर्ने वा सच्याइनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो । उहाँले महासङ्घ सो मुद्दामा पछाडि नहट्ने बताउनुभयो । ट्युनिसियामा भएको अन्तर्राष्ट्रिय पत्रकार महासङ्घको विश्व सम्मेलनमा भाग लिएर नेपाल पत्रकार महासङ्घ युरोप शाखाको आमन्त्रणमा युरोप आउनुभएका आचार्यले युरोपमा रहेका पत्रकारहरुसँग भेट गर्नुभएको थियो ।

महासङ्घका युरोप शाखाका अध्यक्ष केजिन राइले युरोपमा नेपाली पत्रकारिताको इतिहास र नेपाली पत्रकारको अवस्थाका बारेमा प्रकाश पार्नुभएको थियो । उहाँले युरोपभरि महासङ्घका उपशाखा गठन गरिनुपर्नेमा जोड दिनुभयो ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै