सोमवार, कार्तिक ८, २०७८ | Monday 25th October 2021
  • होमपेज
  • कलोनीमा मोटरसाइकल दुर्घटना हुँदा जलेर दुई जनाको मृत्यु
समाचार

कलोनीमा मोटरसाइकल दुर्घटना हुँदा जलेर दुई जनाको मृत्यु

रुपन्देहीको सैनामैना नगरपालिका ६– स्थित कलोनीमा गए राति भएको मोटरसाइकल दुर्घटनामा जलेर दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मोटरसाइकलमा सवार दुवै जनाको अहिलेसम्म सनाखत हुन सकेको छैन ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ७ ख ५९४८ नं को बसलाई र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु ८ प ८४७५ नंको मोटरसाइकलले ठक्कर दिएपछि मोटरसाइकलको ट्याङ्की विष्फोट भएर आगलागी हुँदा दुवैको जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक रविनराज मैनालीले जानकारी दिनुभयो ।

“अझै पनि सनाखत भएको छैन, तर हामीले कोशिस गरिरहेका छाँै”, प्रहरी निरीक्षक मैनालीले भन्नुभयो । अहिले दुवै शव लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार