बुधबार, कार्तिक ३, २०७८ | Wednesday 20th October 2021
  • होमपेज
  • अमेरिकीलाई सूचना दिएको भन्दै इरानी ‘रक्षा मन्त्रालयका ठेकदारलाई मृत्युदण्ड
समाचार

अमेरिकीलाई सूचना दिएको भन्दै इरानी ‘रक्षा मन्त्रालयका ठेकदारलाई मृत्युदण्ड

तेहरान, ७ असारः अमेरिकी गुप्तचर संस्था (सीआइए) लाई सूचना दिएको भन्दै इरानद्वारा ‘रक्षा मन्त्रालयका ठेकदार’लाई मृत्युदण्डको सजाय सुनाएको इरानी समाचार संस्था आइएसएनएले शनिबार जनाएको छ ।

“रक्षा मन्त्रालयको हवाई विभागमा ठेकेदारका रूपमा काम गर्दै आएका जलाल हाजी जावरले सीआइए र अमेरिकी सरकारलाई रक्षाका सूचना पुर्याएको अभियोगमा मृत्युदण्डको फैसला सुनाइएको छ,” इरानी सैनिक स्रोतलाई उद्धृत गरी आइएसएनएको समाचारमा जनाइएको छ ।

तर उक्त समाचार संस्थाले जावरलाई कहिले सजाए सुनाइएको र कसरी मृत्युदण्ड दिइएको भन्नेबारे केही खुलाएको छैन । –एएफपी

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै