बुधबार, मंसिर १५, २०७८ | Wednesday 1st December 2021
  • होमपेज
  • भारी वर्षाका कारण पर्खाल भत्किएर एक महिला गम्भीर घाइते, तीनै जनाको सकुशल उद्धार
समाचार

भारी वर्षाका कारण पर्खाल भत्किएर एक महिला गम्भीर घाइते, तीनै जनाको सकुशल उद्धार

मण्डनदेउपुर नगरपालिका–७ कुन्ताबेसीमा घर भत्किँदा एक महिला गम्भीर घाइते हुनुभएको छ । दुई जनाको उद्धार गरिएको छ । आज बिहान तीन बजे नवराज सापकोटाको घरको पर्खाल भत्केर छिमेकी थलप्रसाद सापकोटोको घरमा क्षति पुगेको हो । गारो भत्किएर थलप्रसादको घरमा डेरा गरी बस्ने ४६ वर्षीया विष्णुमाया तामाङ घाइते हुनुभएको हो ।

उनका श्रीमान् र दुई वर्षीया छोरी पुरिए पनि दुबै जनाको सकुशल उद्धार गरिएको हुगुवापाटी प्रहरी चौकीका प्रहरी नायब निरीक्षक सानोकाजी तुलाधारले जानकारी दिनुभयो । स्थानीयवासीको सहयोगमा पुरिएका तीनै जनाको तत्कालै उद्धार गरिएको हो । तामाङको टाउको र दायाँ खुट्टामा चोट लागेको छ । उहाँको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । नगरकोट घर भएका तामाङ दम्पती सापकोटाको घरमा होटल व्यवसाय सञ्चालन गर्दै आएका थिए । भारी वर्षाका कारण पर्खाल भत्किएको हो ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै