शनिबार, मंसिर १८, २०७८ | Saturday 4th December 2021
  • होमपेज
  • काङ्ग्रेसको केन्द्रीय समिति बैठक असार तेस्रो साता
समाचार

काङ्ग्रेसको केन्द्रीय समिति बैठक असार तेस्रो साता

नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही असार २२ गते आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा हुने भएको छ । बैठकमा केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित सदस्यहरुलाई उपस्थित हुन सभापति शेरबहादुर देउवाले अनुरोध गर्नुभएको छ ।

बैठकमा नियमावली संशोधन मस्यौदा समितिद्वारा प्रस्तुत नेपाली काङ्ग्रेसको नियमावली, २०७६ मा छलफल, राष्ट्रिय जागरण अभियान पहिलो चरणको कार्यक्रमको समीक्षा, भ्रातृ एवं शुभेच्छुक संस्थाको विधान तथा देशको समसामयिक राजनीतिक विषयमा विचारविमर्श हुने पार्टीका मुख्य सचिव कृष्ण पौडेलले राससलाई बताउनुभयो ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै