सोमवार, कार्तिक ८, २०७८ | Monday 25th October 2021
  • होमपेज
  • जिल्ला अदालतका खरिदार १८ हजार घुससहित रङ्गेहात पक्राउ
समाचार

जिल्ला अदालतका खरिदार १८ हजार घुससहित रङ्गेहात पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौँडाले बारा जिल्ला अदालतका खरिदारलाई १८ हजार घुससहित रङ्गेहात पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारागढी गाउँपालिका–२ बस्ने वर्ष ३० का सुनिल चौधरी रहेको अख्तियारका सूचना अधिकारी देवकुमार राईले जानकारी दिनुभयो । लेनदेनको मुद्दामा सेवाग्राहीको नाममा पाँच कठ्ठा जग्गा पास गर्नका लागि मालपोतमा सिफारिस लेखिदिन घुसबापत रु १८ हजार सेवाग्राहीलाई दिने क्रममा चौधरी पक्राउ परेका थिए ।

स्रोतका अनुसार सेवाग्राहीसँग पटक पटक गरी रु १२ हजार अगाडि नै चौधरीले लिइसकेको थियो सूचना अधिकारी राईले भन्नुभयो । पक्राउ परेका चौधरीलाई अख्तियारको क्षेत्रीय कार्यालयमा लगिएको र भोलि मात्र काठमाडौँ पठाउने सूचना अधिकारी राईले जानकारी दिनुभयो । चौधरीलाई विशेष सूचनाको अधारमा पक्राउ गरेको थियो ।

चर्चामा

सम्बन्धित समाचार