मङ्लबार, माघ ४, २०७८ | Tuesday 18th January 2022
  • होमपेज
  • काठमाडौंबाट उदयपुर जाँदै गरेको बस बर्दिबासमा दुर्घटना हुँदा बाबुरामको घटनास्थलमै मृत्यु
Breaking News

काठमाडौंबाट उदयपुर जाँदै गरेको बस बर्दिबासमा दुर्घटना हुँदा बाबुरामको घटनास्थलमै मृत्यु

बर्दिबास, बैशाख १३ – महोत्तरीको बर्दिबासमा बस दुर्घटना हुदा सह–चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बाबुराम विश्वकर्मा रहेका छन् । काठमाडौंबाट उदयपुर जाँदैं गरेको बस शनिबार बिहान दुर्घटनामा हुँदा सह–चालक बाबुराम विश्वकर्माको घटनास्थमा नै ज्यान गएको हो ।

इलाका प्रहरी कार्यालय बर्दिबासका इन्स्पेक्टर सोनुकुमार साहका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका दोलखाकै तामाकोसी-२ का २२ वर्षीय प्रदीप विश्वकर्माको बर्दिबासस्थित शुभ स्वस्तिक हस्पिटलमा उपचार भइरहेको छ । उक्त बस लकडाउनको समयमा अलपत्र परेका मानिसहरुलाई काठमाडौंबाट उदयपुर आउदै गरेको थियो ।

यसअघि बैशाख १० गते पनि काठमाडौँबाट अलपत्र परेका यात्रु लिएर दोलखा जाँदै गरेको बा २ ख ६८१८ नम्बरको बस रामेछापको मन्थलीमा दुर्घटनामा परेको थियो । अलपत्र यात्रु बोकर उदयपुर जाँदै गरेको बा ३ ख ४०३६ नम्बर बस बर्दिबास–३ पाटो भन्ने स्थानमा दुर्घटना हुँदा बसका सह–चालकको च्याप्पिएर ज्यान गएको हो ।

चर्चामा

सम्बन्धित समाचार