मङ्लबार, माघ ११, २०७८ | Tuesday 25th January 2022
  • होमपेज
  • फेरि थप एकमा कोरोना देखियो
स्वास्थ्य

फेरि थप एकमा कोरोना देखियो

काठमाडौँ, १३ वैशाख: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले झापा निवासी ६२ वर्षीय पुरुषमा कोरोना भाइरस सङ्क्रमण भएको पुष्टि भएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परीक्षणअनुसार झापा निवासी ६२ वर्षीय पुरुषमा कोरोना भाइरस पुष्टि भएको छ ।

हालसम्म प्राप्त विवरणअनुसार निज आइसोलेसनमा हुनुहुन्छ । उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । यो सहित नेपालमा कोरोना सङ्क्रमितको संस्था ४९ पुगेको छ भने निको भएर १० जना घर फर्किएका छन् । (रासस)

चर्चामा

सम्बन्धित समाचार

भर्खरै