मङ्लबार, माघ ४, २०७८ | Tuesday 18th January 2022
  • होमपेज
  • प्रेम र वैवाहिक सम्बन्ध कुन राशिसँग राम्रो ?
विचित्र संसार

प्रेम र वैवाहिक सम्बन्ध कुन राशिसँग राम्रो ?

विवाह गर्दा होस् या प्रेम गर्दा होस् धेरै कुराको विचार गर्नु पर्दछ । जीवनमा कसैसँग वास्तविक विवाह र प्रेम एक जनासँग मात्र हुन्छ । त्यसैले विवाह गर्नुपूर्व विद्यावान् रुपवान गुणवान प्रतिभावान र उतमकुलमा जन्मेको वर र त्यस्तै पवित्र कुलमा जन्मेकी रुप गुण यौवन भेषभुषा बोलीवचन र नम्र स्वभाव भएकी कन्यासँग विवाह गर्नु उतम हुन्छ । दाम्पत्य जीवन सुखी होस् भन्ने उदेश्यले हाम्रा पूर्वज ऋषि – महर्षिहरुद्धारा प्रतिपादित ज्योतिषग्रन्थहरुलाई व्यवहारमा उतार्न सकेको खण्डमा जीवन सुखी साथै भावी सन्ततिहरु पनि असल बन्नेछन् ।

प्रेम सम्वन्ध होस् या कुनै पनि व्यक्तिसँग जस्तोसुकै सम्बन्ध होस् राशि राशि बीचको सम्बन्धले पनि दुवैको जीवनमा प्रत्यक्ष वा परोक्ष असर पारेको हुन्छ । हामीलाई कुनै व्यक्ति देख्नसाथ दया लाग्दछ भने कुनै व्यक्ति देख्नसाथ रिस उठ्छ किन त यसको ठूलो रहस्य छ । किनकि राशि राशि बीचमा राशिगत स्वभाव गुण र प्रकृति अलग – अलग हुन्छ । त्यसैले एक राशिको मालिक र अर्को राशिको मालिकसँग शत्रुता छ भने ती दुई बीच कुनै पनि सम्बन्ध रहेमा राम्रो हुन सक्दैन । तर दुई राशिबीच समगुण मित्रस्वभाव र समप्रकृति छ भने ती दुई राशिबीच पनि सम्बन्ध रहेमा सम्बन्ध दिगो रहन्छ ।

ज्योतिषशास्त्रमा राशिलाई विभिन्न किसिमले विभाजन गरिएको छ । जस्तै – वर्ण वश्य तारा योनी राशिश गण कूट र नाडी आदिबाट राशिलाई बुझ्न सक्छौं । राशिलाई वर्णगत तरिकाबाट विचार गर्दा चार भागमा विभाजन गरिएको छ । जस्तै – ब्राह्मण वर्ण क्षत्रीय वर्ण वैश्य वर्ण र शुद्र वर्ण । यसरी जातिगत हिसाबले हेर्दा ब्राह्मणादि वर्णमा पर्ने राशिहरु हुन – कर्कट वृश्चिक र मीन । क्षेत्रीय वर्णमा पर्ने मेष सिंह र धनु । वैश्य वर्णमा पर्ने वृष कन्या र मकर । शूद्र वर्णमा पर्ने मिथुन तुला र कुम्भ हुन् ।

कुनै व्यक्तिसँग प्रेम गर्दा विवाह गर्दा अथवा घरमा नोकर चाकर आदि राख्दा मालिकको भन्दा नोकर चाकरको वर्ण सानो हुनु जरुरी छ । विवाह गर्दा कन्याको वर्णभन्दा वरको वर्ण उच्च रहेमा राम्रो सम्बन्ध हुन्छ । यसरी जीवनलाई अझ बढी सुमधुर बनाउनका लागि गणको पनि ठुलो भुमिका छ । गणलाई तीन भागमा छुट्याउन सकिन्छ – देवगण मनुष्यगण राक्षसगण ।

-देवगण अन्तर्गत नौ नक्षत्रहरु पर्दछन् । हस्ता रेवती पुनर्वसु तिष्य स्वाती मृगशिरा श्रवण अश्विनी र अनुराधा यी नक्षत्रमा जन्मनेहरुको देवगण हुन्छ ।

-मनुष्यगण अन्तर्गत पर्ने नौ नक्षत्रहरु हुन् पुर्वफाल्गुन उत्तरफाल्गुनी पुर्वषाढा पूर्वभाद्रपदा उत्तरभाद्रपदा आर्दा भरणी र रोहिणी ।

-राक्षसगणमा पर्ने नौ नक्षत्रहरुमा कृतिका अश्लेषा मघा चित्रा विशाखा ज्येष्ठा मूल धनिष्ठा र शतभिषा हुन् ।

माथि उल्लेखित गणमा पर्नेहरुले कुन गणसँग सम्बन्ध रहेमा राम्रो र कुन गणसँग सम्बन्ध रहेमा नराम्रो हुन्छ भन्ने कुरा बुझ्नु आवश्यक छ । त्यस कारण सम्बन्ध राख्ने ब्यक्ति बीचमा एउटै गण भएमा अत्यन्त राम्रो हुन्छ भने देवगण – राक्षसगण भएमा झगडा देवगण-मनुष्यगण भएमा सामान्य सम्बन्ध र राक्षसगण-मनुष्यगण बीच प्रेम होस् या अन्य कुनै सम्बन्ध रहेमा भयङ्कर शत्रुता र मृत्युसम्म हुनसक्छ भन्ने उल्लेख छ । विशेष गरी विवाहमा गण आदि मिलाएर विवाह गरिन्छ ।

दुई व्यक्ति बीचको सम्बन्धलाई अझ बढी सुमधुर बनाउन योनीको पनि ठूलो महत्व छ । विवाह गर्दा वर र कन्याको राशिगत एउटै योनी भएमा अतिमित्रता हुन्छ । मित्र योनी भएमा केवल मित्रता र वैर योनी भएमा सम्बन्ध राख्ने दुई बीच उदासिनता उत्पन्न हुन्छ । नक्षत्र अनुसार योनी निर्धारण हुन्छ । जस्तै – आश्विनी नक्षत्रमा जन्मनेहरुको अश्व योनी भरणी नक्षत्रमा जन्मनेको गज योनी कृतिका नक्षत्रमा जन्मनेको अज योनी रोहिणी नक्षत्रमा जन्मनेको सर्प योनी र मृगशिरादि क्रमश नक्षत्र हुनेहरुको सर्प कुकुर बिरालो भेडो बिरालो मूसो मूसो गाई भैंसी बाघ भैंसी बाघ मृग मृग कुकुर वानर न्याउरी मूसो वानर सिंह अश्व सिंह गाई र हात्ती ।

यसरी क्रमश – नक्षत्रगत तरिकाबाट योनी थाहा पाएपछि एक आपसमा शत्रुता योनी लिई जन्मने ब्यक्ति ब्यक्ति बीच सम्बन्ध रहन गयो भने जीवन दुखद् बन्दछ । कुकुर र बिरालो न्याउरीमूसो र सर्प गाई र बाघ सिंह र हात्ती इत्यादि वैर योनी व्यक्ति भएका वर वधु नोकर र मालिक साथी साथी र बालक बालक बीच सम्बन्ध रहेमा यिनीहरु बीच राम्रो सम्बन्ध रहदैन । त्यसकारण जस्तोसुकै सम्बन्धमा पनि योनीगत प्रभाव परेको हुन्छ । तसर्थ वैरयोनीको विचार गरी सम्बन्ध राख्नुपर्दछ ।

चर्चामा

सम्बन्धित समाचार