मङ्लबार, मंसिर २१, २०७८ | Tuesday 7th December 2021
  • होमपेज
  • गैरापाटीमा करेन्ट लागेर ६० वर्षीय अधिकारीको मृत्यू
समाचार

गैरापाटीमा करेन्ट लागेर ६० वर्षीय अधिकारीको मृत्यू

काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका–८ स्थित गैरापाटीमा एक व्यक्तिको करेन्ट लागेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी निरीक्षक दीपक रायका अनुसार हिजो बेलुका फ्युज गएर मिलाउन भन्दै बिजुलीको ट्रान्सफर्मरमा चढेको र करेन्ट लागेर मृत्यु भएको हो ।

मुत्यु हुनेमा सोही ठाउँका ६० वर्षीय रामशरण अधिकारी रहेको प्रहरीले जनाएको छ । “गाउँमा बेलाबखत आफैँले बिजुली लाइन बनाउने गर्दै आएको र सोही क्रममा फ्युज गएपछि बनाउनका लागि बिजुलीको ट्रान्सफर्मर भएको ठाउँमा चढ्दा करेन्ट लागेर मृत्यु भएको हो”, प्रहरी निरीक्षक रायले भन्नुभयो । मृतकको शव परीक्षणका लागि बनेपास्थित शीर मेमोरियल अस्पतालमा राखिएको छ ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै