मङ्लबार, माघ ११, २०७८ | Tuesday 25th January 2022
  • होमपेज
  • आमाको मुख हेर्ने पर्व : गायिका अन्जु पन्तले आमासँगको तस्विर पोष्ट गर्दै लेखिन् यस्तो मनछुने स्टाटस
मनोरञ्जन

आमाको मुख हेर्ने पर्व : गायिका अन्जु पन्तले आमासँगको तस्विर पोष्ट गर्दै लेखिन् यस्तो मनछुने स्टाटस

काठमाडौँ, १२ वैशाख – जन्मदिने आमालाई घर घरमा सम्मान पूर्वक मीठो खान एवं राम्रा कपडा लगाउन दिएर आमाको मुख हेर्ने पर्व अर्थात् मातृ सम्मान दिवस मनाइएको छ । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमाको सम्मानमा मातृ सम्मान दिवस मनाउने वैदिक सनातन विधि छ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइन्छ ।

यसैबिच यो वर्ष कोरोनाका कारण लकडाउनमा घरमा नै बसेका कलाकारहरुले आमासँग घरमा नै बसेर मुख हेर्ने पर्व मनाएका दृश्यहरु पोष्ट गरेका छन् । जसमध्येकी एक हुन् लोकप्रिय गायिका अन्जु पन्त । गायिका पन्त आफ्नी आमासँग खुशी अवतारमा देखिएकी छन् । गायिका पन्तले इस्टाग्राममा आमासँगको तस्विर पोष्ट गर्दै यस्तो लेखेकी छिन् । मेरी आमा सन्सारकै प्यारी आमा हजुरको जिबनमा सधै खुशि,आनन्द, शान्तिले बास गरोस यसरिनै हजुरको आशीर्वाद हामिमा सदा रहिरहोस । सन्सारभरिकै सबै आमाहरु…

चर्चामा

सम्बन्धित समाचार

भर्खरै