बिहिबार, माघ ६, २०७८ | Thursday 20th January 2022
  • होमपेज
  • एन आर एन ए क्षेत्रीय समिति म्याड्रिडले बिल बुझाउदा पनि राहत दिएन !
प्रवास

एन आर एन ए क्षेत्रीय समिति म्याड्रिडले बिल बुझाउदा पनि राहत दिएन !

म्याड्रिड, 24 अप्रिल । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेन अन्तरगत क्षेत्रिय समिति म्याड्रिड ले एतिबेला कोरोना भाइरस बाट पीडित बनेका अबैधानीक रुपमा बसेका नेपाली समुदायको लागि राहत वितरण गर्ने क्रममा दुई जना पीडित ले पेश गरेको 54.33 यूरो बराबर को बिल पेश गर्दा पनि राहत पीडित लाई नदिएको गुनासो गरेका छन । पीडित हरु एक जनाको 22.50 यूरो को हिसाब ले दुई जना को बराबर हुने 45 यूरो कै बिल हुनु पर्ने र खाद्यन सामग्री किन्दा आफुहरु ले भने बमोजिमको खाद्यन्न सामग्री किन्नु पर्ने बताउदै राहत नदीएको पीडित ले बताएका हुन । साथै पिडित हरुले एन आर एन ले भनेकै दिनमा खाध्यन्न् किनेका हुन् ।

पासपोर्ट को कपि पनि लग्नु भएको हो तर राहत पाईएन पिडित हरुले बताएका छन् । बारम्बार सम्पर्क गर्दा पनि एन आर केन्द्र लाई भन्नु पर्छ उतै कुरा गर्नुस पनि भनेको उनि हरुले बताए । साथै आ आफ्ना नाजिका व्यक्ति हरुलाई मात्र राहत बाडेको पिडित हरुको आर्को गुनासो पनि आएको छ ।

यता एन आर एन एन स्पेनको बिज्ञप्तिमा ”एनआरएनए स्पेनलाई कुनै पनि जानकारी नदिई एनसीसीको नाम जोडेर गलत शैलीबाट राहत बितरण गर्दा आर्थिक पारदर्शितामाथि नै प्रश्न चिन्ह खडा हुने बताई रहदा क्षेत्रिय समिति को एस्तो हर्कत ले नेपाली समुदायमा एनआरएनए कसरी अगाडी बढेको छ छर्लंग हुन्छ ।

एन आर एन ले आजका मिति सम्म कति सहयोग उठायो र कति राहत कस कस लाई कहाँ वितरण गर्यो पुरै विवरण स्पेनमा रहेका मिडिया कर्मी हरु लाई स्पस्ट जानकारी समेत गरेको छैन । मिडिया कर्मीले महासचिब सचिब कोशाध्यक्ष लाई बारम्बार सम्पर्क गर्दा पनि टेरबतास गरेका छैनन् । एन आर एन के केन्द्र ले प्रत्येक तिन तिन महिनामा कोष को अनिबार्य हिसाब किताब सार्बजनिक गरनु पर्ने बताई सकेको छ । तर यसको कार्यान्वयन एन आर एन ए स्पेन ले गरेको छैन ।

चर्चामा

सम्बन्धित समाचार