मङ्लबार, माघ ११, २०७८ | Tuesday 25th January 2022
  • होमपेज
  • नेपालमा कोभिड–१९ को सङ्क्रमित सङ्ख्या ४८ पुग्यो
Breaking News

नेपालमा कोभिड–१९ को सङ्क्रमित सङ्ख्या ४८ पुग्यो

काठमाडौँ, १२ वैशाख: नेपालमा कोभिड–१९ को सङ्क्रमितको सङ्ख्या ४८ पुगेको छ । आज पुनः कोभिड–१९ को परीक्षणका क्रममा भोजपुरका २६ वर्षीय पुरुषमा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।

उहाँले धरानस्थित बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणका क्रममा कोभिड–१९ को संक्रमण देखिएको बताउनुभयो । उहाँका अनुसार ति सङ्क्रमितलाई आइसोशनमा राखिएको छ । ति पुरुष गत फागुन ३० गते साउदी अरबबाट नेपाल आएका हुन् । यसअघि आजै दुई जनामा सङ्क्रमण देखिएको थियो । जनकपुरका १४ वर्षीय पुरुष र उदयपुरकी ५५ वर्षीया महिलामा सङ्क्रमण देखिएको थियो । (रासस)

चर्चामा

सम्बन्धित समाचार

भर्खरै