मङ्लबार, माघ ११, २०७८ | Tuesday 25th January 2022
  • होमपेज
  • उत्तर कोरियाका नेता किमद्वारा सिरियाली राष्ट्रपति असदलाई धन्यवाद सन्देश
राष्ट्र

उत्तर कोरियाका नेता किमद्वारा सिरियाली राष्ट्रपति असदलाई धन्यवाद सन्देश

प्योङयोङ, ११ वैशाखः उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले सिरियाका राष्ट्रपति बसर अल–असदलाई धन्यवाद सन्देश पठाउनु भएको छ । उहाँले एक पत्र पठाउदै बुधबार धन्यवाद ज्ञापन गर्नु भएको उत्तर कोरियाली उच्च अधिकारीहरुले जनाएका छन् । आफ्ना हजुर बुवाको जन्मोत्सवका अवसरमा शुभकामना सन्देश पठाएकोमा उहाँले धन्यवाद सन्देश पठाउनु भएको हो । उहाँका हजुरबुवा किम द्वितीय सुङको गत बुधबार १०८ औँ जन्मोत्सव हो ।

धन्यवाद सन्देशमा दुई देशबीचको सम्वन्ध थप बलियो र राम्रो हुँदै जाने विश्वास पनि व्यक्त गरिएको छ । उत्तर कोरियाका नेता उनले सिरियाली राष्ट्रपति असदको सुस्वास्थ्य र सफलताको कामना पनि गर्नुभएको छ । सर्वोच्च नेता उन केही समयदेखि सिकिस्त विरामी भएको खवरहरु सार्वजनिक भइरहेका बेला उहाँले धन्यवाद सन्देश पठाउनु भएको खवर आएको हो ।

उहाँ विरामी भएको बारेमा उत्तर कोरियाली सरकारी अधिकारीहरुले अहिलेसम्म औपचारिक रूपमा पुष्टि गरेका छैनन् । तर कतिपय विदेशी सञ्चार माध्यमहरुले भने गुप्तचर निकायका अधिकारीहरुलाई उद्धृत गर्दै नेता उन गम्भीर विरामी भएको समाचार सम्प्रेषण गरेका छन् । (रासस/सिन्ह्वा)

चर्चामा

सम्बन्धित समाचार

भर्खरै